कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ।
पोखरा–१६ का ५२ वर्षीय पुरुषको शुक्रबार उपचारको क्रममा मध्यान्ह सवा १२ बजे निधन भएको हो।
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार स्वासप्रस्वासमा समस्या देखिएपछि उनी शुक्रबार नै अस्पताल आएका थिए।उनी मधुमेहका बिरामी थिए।
योसँगै गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।
प्रतिक्रिया