समाज


प्रहरी हिरासतमा युवकको शंकास्पद मृत्यु, छानबिन गर्न मानवअधिकारवादीको माग

प्रहरी हिरासतमा युवकको शंकास्पद मृत्यु, छानबिन गर्न मानवअधिकारवादीको माग

शैलेन्द्र महतो
भदौ ११, २०७७ बिहिबार १४:४५,

प्रहरी हिरासतमा रहेका युवकको उपचारको क्रममा मृत्यु भएको घटना शंकास्पद रहेको भन्दै मानवअधिकारवादी संघसंस्थाले उच्चस्तरीय छानबिनको माग गरेका छन्।

रौतहटको गरुडा नगरपालिका ८ का निरञ्जन रामको हत्या आरोपमा पक्राउ परेका स्थानीय १९ वर्षीय विजय राम महराको उपचारको क्रममा बुधबार राति मृत्यु भएको थियो। मानवअधिकारवादी संघसंस्था एडभोकेसी फोरम प्रदेश समिति, इन्सेक प्रदेश २ कार्यालय, थर्ड एलायन्स प्रदेश कार्यालय, र ओरेक नेपाल धनुषाले बिहीबार संयुक्त विज्ञप्ती जारी गर्दै विजयको मृत्यु घटना शंकास्पद रहेको भन्दै आफूहरुको ध्यानाकर्षण भएको बताएको छ।

राज्यको नियन्त्रणमा रहेको अवस्थामा विजयको मृत्यू भएको, उनको बाहिर आएको फोटोहरुमा शरीरमा यातना दिएको डामै डाम, घाउ चोटपटक रहेको र परिवारका सदस्यहरुले समेत प्रहरीबाट विजयको हत्या भएको आरोप रहेकाले घटना शंकास्पद रहेको मानवअधिकारवादी संस्थाहरुको ठहर ठहर छ।

मानव अधिकारवादी संघसंस्थाले विजयकाे मृत्युको घटना शंकास्पद देखिएकाले निष्पक्ष छानबिनसहित सरकारसँग चार सुत्रीय माग गरेका छन्।

मृतकको शरीरलाई मृतक परिवारका व्यक्तिहरुको उपस्थितीमा वा विश्वसनीय वातावरणमा विशेषज्ञहरुको टोलीबाट पोष्टमार्टमको काम गर्नुपर्ने, घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन तथा अनुसन्धान गर्नका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने, मृतक परिवारलाई न्यायको प्रत्याभूती हुने गरी व्यवस्थापन गराउनु पर्ने र मृतक परिवारलाई उचित क्षतिपुर्ती उपलव्ध गराउनु पर्ने लगायतका माग गरेको मानवअधिकारवादी संस्था एडभोकेसी फोरम प्रदेश २ का संयोजक आधिवक्ता राजकुमार महासेठले बताए।

एडभोकेसी फोरम प्रदेश २ का संयोजक महासेठ, इन्सेकका प्रदेश २ संयोजक राजु पासवान, थर्ड एलायन्सका प्रदेश संयोजक विनो महरा र ओरेक नेपाल धनुषाकी संयोजक रोजलिन बछारले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा प्रहरी हिरासतमा भएको यस्ता घटनाले समाजमा असुरक्षाको भावना वृद्धि भइरहेको तथ्यप्रति राज्यलाई गम्भीर हुन आग्रह गरिएको छ। साथै जनताको जीउज्यान, सुरक्षा तथा बाँच्न पाउने हकको प्रत्याभूति गर्न समेत सरकारकाे ध्यानाकर्षण गराएको छ।

याे पनि: 

हिरासतमा विजयकाे मृत्यु प्रकरण : गरुडामा प्रदर्शन, प्रहरी कार्यालय घेराउ

साथी हत्याको आरोपमा पक्राउ परेका युवकको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad