ad ad

समाज


काठमाडौँ उपत्यकामा १७२ कोरोना संक्रमित थपिए

काठमाडौँ उपत्यकामा १७२ कोरोना संक्रमित थपिए

नेपालखबर
साउन ३२, २०७७ आइतबार १०:३६,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १७२ जनामा कोरोना पुष्टि भएको छ।

आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा १७२ जना कोरोना संक्रमित थपिएको बताए।

प्रवक्ता गौतमका अनुसार काठमाडौँमा १२६, ललितपुरका ३८ र भक्तपुरमा ८ जना गरी उपत्यकामा १७२ जनामा कोरोना पुष्टि भएको हो।

याेसँगै नेपालमा पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ।  प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा संक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार २४७ परीक्षण गरिएकोमा ६४१ जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए।

 त्यस्तै पछिल्लो २४ घण्टामा १३४ कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १७ हजार ३३५ पुगेको छ।

त्यस्तै कोरोनाका कारण आज दुई जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .