ad ad

समाज


सभामुख सापकोटासहित सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको कोरोना रिपोर्ट नेगेटिभ

सभामुख सापकोटासहित सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको कोरोना रिपोर्ट नेगेटिभ

नेपालखबर
साउन १८, २०७७ आइतबार ६:१७,

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, उनको सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

प्रहरी हेडक्वार्टरमा बस्ने र सभामुखको सुरक्षामा खटिने प्रहरीमध्ये एक जनालाई कोरोना संक्रमण पुष्टि भएको सभामुख सापकोटाको सचिवालय स्रोतले शनिबार जानकारी दिएको थियो।

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको सभामुखको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .