ad ad

समाज


के मानव मस्तिष्क ह्याक गर्न सम्भव छ?

के मानव मस्तिष्क ह्याक गर्न सम्भव छ?

जेन वेकफिल्ड
साउन २, २०७६ बिहिबार १०:३८,

न्युरालिंक नामको कम्पनी खडा गरेका एलन मस्कले मानव मस्तिष्कमा चिप्स लगाएर मानव शरीर कम्प्युटरसँग जोड्ने योजना बनाइरहेका छन्।

अर्थात् उनी मानव मस्तिष्क ह्याक गर्न चाहन्छन्। जसरी हामी विभिन्न वेबसाइट ह्याक गर्दछौं त्यस्तै मानव मस्तिष्क ह्याक गरेर मानवलाई प्रविधिको नियन्त्रणमा लिन सकिन्छ भन्ने उनको अवधारणा छ।

एलन अन्तरीक्षयान निर्माता कम्पनी स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत हुन्। उनी अमेरिकी इलेक्ट्रोनिक कार उत्पादन कम्पनी टेस्लाका मालिक समेत हुन्। उनीसँग प्रशसस्त धन छ।

उनका अनुसार मस्तिष्कमा चिप्स जोड्ने प्रद्धति बाँदरमा प्रयोग भइसकेको छ। प्रारम्भिक परिणामले बाँदरलाई कम्प्युटरले नियन्त्रण गर्न सफल भएको देखिएको छ।

न्युरालिंकले यो पद्धति उपयोग गरी मस्तिष्कसम्बन्धी गम्भीर बिमारी भएकालाई उपचार गर्न सकिने लक्ष्य राखेको छ। एलेनको यो अवधारणाले अलौकिक मानवको परिकल्पना समेत गरेको छ।

human mind1

न्युरालिंकका अनुसार उनीहरुले निर्माण गरेको उपकरण सारै नै सानो छ। कपालभन्दा पातलो। त्यसमा ३ हजारभन्दा बढी विद्युतीय शक्ति सञ्चय गर्ने इलेक्ट्रोड समावेश हुनेछन्। यसले मानव मस्तिष्कभन्दा बढी न्युरोनलाई निगरानी गर्न सकिनेछ।

कम्पनीका अनुसार इलेक्ट्रोडको माध्यमबाट मस्तिष्कका मुख्य भागहरुमा पुग्न सकिन्छ। यसले मस्तिष्को सर्जरी अझ सजिलो बनाउनेछ। मस्तिष्क बिमारीलाई कसरी उपचार गर्न सकिन्छ भन्ने पनि संकेत दिन्छ।

यद्यपि न्युरालिंकको प्रविधिले मानव मस्तिष्कमा समाहित भएर कसरी दिमागी गतिविधि निगरानी गर्न सक्षम हुन्छ भनेर वर्णन गरिएको छैन। मस्तिष्कको कोशिकालाई कसरी त्यसका लागि सक्षम बनाउँछ भनेर पनि बताइएको छैन।

‘हामीले चाँडै यो विषयमा सफलता हासिल गर्छौ भन्ने छ’, एलन मस्क भन्छन्,‘यो पद्धतिको लागि समय लाग्छ। यसले मानव र आर्टिफिसियल इन्टिलिजेन्स (एआइ)बीच अन्तक्र्रिया गराउन भने सफल हुनेछ भन्ने हाम्रो विश्वास हो।’

यसअघि उनी एआइ प्रयोगको विरुद्धमा थिए। त्यसले मानव जातिको विनाश गर्ने उनको भनाइ थियो। अहिले उनी आफैँ यसको प्रचार गरिरहेका छन्। भन्छन्,‘उच्च ब्याण्डविथसहितको मस्तिष्क मेसिनले अन्तक्र्रियासँगै मानवसँग लामो यात्रा तय गर्नसक्छ। यो भनेको मानवलाई एआइसँग विलय हुने प्रभावकारी विकल्प पनि हुनेछ।’

मानव मस्तिष्कले प्रविधिसँग अन्तक्र्रिया गरेपछि त्यहाँ एउटा नयाँ तहको विकास हुनेछ। मस्तिष्कमा धेरै तह रहन्छन्। ‘मस्तिष्कमा आलौकिक बौद्धिकताको तह उत्पन्न हुनेछ। जुन स्मार्टपफोनमा पहिल्यै जोडिएका हुनेछन्’, उनी भन्छन्।

एलनले बाँदरमा यो पद्धतिको प्रयोग भएको र त्यो सफल रहेको जानकारी दिए। यतिबेला यो कम्पनी यही पद्धति मानवमा प्रयोग गर्न गृहकार्य गरिरहेछ। यसका लागि अमेरिकाको खाद्य तथा औषधि सम्बन्धी विभागले स्वीकृति दिनुपर्छ।

फ्रन्टियर डेभलोपमेन्ट ल्याबमा एआइ अनुसन्धानकर्ताको रुपमा कार्यरत वैज्ञानिक क्रिटिका डी सिल्भा भन्छिन्,‘न्युरो लिंकले व्याख्या गरेको प्रविधि एकदमै रोमाञ्चक छ। किनभने यो क्षेत्रमा भइरहेका कामभन्दा निकै कम आक्रमक छ।’

एलेनको परियोजना सम्पन्न हुन लामो समय लाग्नेछ। योभन्दा जटील कुरा भने यसले मानव इतिहासमै नैतिक प्रश्न जन्माउनेछ।

‘यद्यपि यो प्रविधिको विकासले चिकित्सकीय क्षेत्रमा क्रान्ति ल्याउनेछ। विशेषगरी मस्तिष्क सम्बन्धी घातक रोगीले यसबाट ठूलो सुविधा पाउनेछन्’, डी सिल्भा भन्छिन्। (बीबीसी विश्व सेवाबाट अनुवाद)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .