समाज


धादिङको मौवाखोलामा बाढीले पुलमा क्षति पुर्‍याउँदा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको मौवाखोलामा बाढीले पुलमा क्षति पुर्‍याउँदा पृथ्वी राजमार्ग अवरुद्ध

नेपालखबर
साउन ५, २०७७ सोमबार ११:५०,

अविरल वर्षातले धादिंग र चितवनका सडकमा विभिन्न ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएका छन्।

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पर्ने मौवाखोलाको पुल भत्किँदा राजमार्ग नै अवरुद्ध भएको छ। पुलको पूर्वीभागतर्फ बाढीले कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

त्यस्तै धादिंगको अन्य स्थानमा पनि पहिरो खसेका छन्। त्यस्तै चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड पनि बिहानैदेखिको पहिरोले अवरुद्ध बनेको छ। चितवन प्रहरीका अनुसार आज सडक सुचारु हुने सम्भावना छैन।

muglin pahiro666मुग्लिङ नारायणगढ सडकखण्डमा खसेकाे पहिराे। तस्बिरः मुग्लिङ नारायणगढ सडक अायाेजना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad