धादिङ जिल्लाको मौवाखोला बाँदरेमोडबाट त्रिशूली नदीमा खसेको जिपबारे अझै भेटिएको छैन।
घटनास्थलमा रहेका धादिङका एसपी रविन्द्र रेग्मीले स्थानीयले बिहीबार बिहान सो ठाउँबाट स्कार्पियो जिप त्रिशूलीमा खसेको देखेको बताएको जानकारी दिए। उलेले खोजीकार्य जारी रहेपनि अहिलेसम्म जिप नभेटिएको बताए।
‘प्रत्यक्षदर्शीले गाडी खसेको देखेको भनेको छन्। घटनास्थलमा हेर्दा गाडी खसेका सामान्य डामहरु देखिन्छन्’, उनले भने, ‘नदी बडेको अवस्था छ। गोताखोर पनि प्रयोग भएका छन् अहिलेसम्म केही फेला परेको छैन।’
गाडी चितवनबाट आएको प्रत्यक्षदर्शीले बताएको तर गाडीमा कति सवार थिए भन्ने अझै नखुलेको उनको भनाइ थियो।
प्रतिक्रिया