समाज


गण्डकी प्रदेशमा चार बालबालिकासहित थप २० जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा चार बालबालिकासहित थप २० जनामा कोरोना पुष्टि

नेपालखबर
असार ८, २०७७ सोमबार ३:३,

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज (सोमबार) पुष्टि भएकासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच सय ४० पुगेको छ।

पछिल्लो पटक थपिएका संक्रमित स्याङ्जा र नवलपरासीपूर्वका छन्। स्याङ्जाका थप १२ जना र नवलपरासी पूूर्वका थप आठ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

 स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका सात वर्षका तीन बालक र ६ वर्षकी एक बालिकामा पनि संक्रमण पुष्टि भएको छ। त्यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिकाका दुई पुरुष र नवलपरासी पूर्वको बौदीकाली गाउँपालिकाका ८ जना पुरुषमा पनि संक्रमण देखिएको छ।

उनीहरु सबै भारत आएकाहरु हुन्। संक्रमित सबै गाउँपालिकाकै क्वरेण्टीनमा बसिररहेका छन्। थप जानकारीको लागि हेर्नुस् प्रेस विज्ञप्ति :

00 jpt

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad