ad ad

समाज


अख्तियारमा स्थानीय तहका उजुरी बढी

अख्तियारमा स्थानीय तहका उजुरी बढी

नेपालखबर
असार २, २०७७ मंगलबार ११:६,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा परेका उजुरीमध्ये गुल्मीबाट सबैभन्दा बढी स्थानीय तहका विषयमा परेका छन्। आर्थिक वर्ष २०६६/०६७ मा गुल्मीबाट परेका ९७ मध्ये ३९ स्थानीय तहका उजुरी दर्ता भएको आयोगको कार्यालय बुटवलका प्रमुख भीष्कुमार भुसालले जानकारी दिए।

आयोगमा परेका अन्य उजुरीमा शिक्षासम्बन्धी २७, खानेपानी तथा शहरी विकास आठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तीन, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण तीन, सञ्चार तथा सूचना प्रविधिका तीन, प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, राष्ट्रिय पुनर्निमाण प्राधिकरण, खानेपानी र वन वातावरणअन्तर्गतका दुई दुई गरी १५ कार्यालयका ९७ उजुरी दर्ता भएका छन्।

एक वर्षका अवधिमा गुल्मीबाट आयोगमा परेका उजुरीमध्ये ५१ फछ्र्योट भइसकेको छ भने अन्य ४६ बाँकी रहेको आयोगको कार्यालय बुटवलले जनाएको छ। आर्थिक वर्ष २०६६/०६७ मा प्रदेश ५ अन्तर्गत आयोग बुटवलमा ७९७ उजूरी दर्ता गरिएकोे, २५ स्ट्रिङ्ग अपरेशन गरिएकामा ४२ व्यक्ति पक्राउ परेको र अपरेशनबाट रु ३२ लाख ६२ हजार बरामद गरिएको आयोगका प्रमुख भुसालले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .