भक्तपुर महानगरीय प्रहरी परिसरका सहित ३२ प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरिएको छ।
असार १ गते देखि लागू हुने गरी प्रहरी प्रधान कार्यालयले उनीहरूको सरूवा गरेको हो।
प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले गरेको निर्णयअनुसार ती एसपीले असारदेखिको तलब, भत्ता सरूवा भएकै स्थानबाट पाउनेछन्।
सरुवार सूचीअनुासर बागमती प्रदेश प्रहरी कार्यालय (मकवानपु, हेटौंडा) एसपी अरुण पौडेल तनहुँ जिल्ला प्रहरी कार्यालयमा सरुवा भएका छन् भने सिरहा जिल्ला प्रहरी कार्यालयका एसपी उमाप्रसाद चतुर्वेदी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो विशेष अपराध अनुसन्धान महाशाखा (महाराजगन्ज) सरुवा गरिएका छन्।
यस्तै गोरखाका एसपी ओमप्रसाद अधिकारी जुनियर प्रहरी अधिकृत शिक्षालय (भरतपुर), भक्तपुर महानगरीय प्रहरी परिसरका एसपी सविन प्रधान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (महाराजगन्ज) मा सरुवा गरिएका छन्। उनको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ ।
हेरौं सूचीः
Shares
प्रतिक्रिया