ad ad

समाज


विश्व अपडेट : कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ८१ हजार नाघ्यो

विश्व अपडेट : कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ८१ हजार नाघ्यो

नेपालखबर
जेठ २१, २०७७ बुधबार ०:५५,

विश्वभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३ लाख ८१ हजार नाघेको छ। बुधबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ३ लाख ८१ हजार ७ सय ६ जनाको मृत्यु भएको छ।

वर्ल्डओमिटरका अनुसार अहिलेसम्म विश्वभर ६४ लाख ७३ हजार २ सय १६ जनामा संक्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा मात्रै विश्वभर १ लाख १० हजार २० जनामा संक्रमण देखिएको छ।

गएको २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर ४ हजार ५ सय १६ जनाले ज्यान गुमाएका छन्। यसबीचमा सबैभन्दा धेरै ब्राजिलमा १२ सय भन्दा धेरैको मृत्यु भएको छ।

त्यसैगरी अमेरिकामा ११ सय ३२, बेलायतमा ३ सय २४, मेक्सिकोमा २ सय ३७, भारतमा २ सय २१, रुसमा १ सय ८२, फ्रान्समा १ सय ७ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म विश्वभर २९ लाख ८६ हजार भन्दा धेरै संक्रमित उपचापछि निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .