ad ad

समाज


हेटाैंडाबाट काठमाडाैं आएकी महिलामा काेराेना पुष्टि, पाटन अस्पताल भर्ना

हेटाैंडाबाट काठमाडाैं आएकी महिलामा काेराेना पुष्टि, पाटन अस्पताल भर्ना

नेपालखबर
जेठ १९, २०७७ सोमबार १०:२६,

काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ।

हेटौडाकी ६१ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको पाटन अस्पतालका एक डाक्टरले बताए।

‘दिउँसो १ बजेतिर ती महिलालाई अस्पताल ल्याइएको हो’, ती डाक्टरले नेपालखबरसँग भने, ‘उनको यात्रा विवरण संकलन गर्ने काम भइरहेको छ, अहिलेसम्म उनको स्वास्थ्य अवस्था सामान्य छ।’

ती महिला केहीदिन अघि हेटौडाबाट काठमाडौं आएकी थिइन।

सरकारले पाटन अस्पताललाई कोरोनाको उपचार गर्ने अस्पताल बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .