ad ad

समाज


कोरोनाका कारण चाैथाे मृत्यु : अन्त्येष्टि भएको एक हप्तापछि संक्रमण पुष्टि

कोरोनाका कारण चाैथाे मृत्यु : अन्त्येष्टि भएको एक हप्तापछि संक्रमण पुष्टि

नेपालखबर
जेठ १२, २०७७ सोमबार ६:५,

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ।

नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचाररत् एक बिरामीको पाँच गते मृत्यु भएको थियो। सोहि दिन अन्त्येष्टि गरिएका बाराका ती बिरामीको सोमबार कोरोना परीक्षणको रिपोर्ट आउँदा ती व्यक्ति कोभिड–१९ संक्रमित भएको पुष्टि भएको छ।

‘बाराका ती वृद्धि दमका रोगी हुनुहुन्थ्यो। निमोनिया भएपछि डाक्टरहरुले कोरोनाको शंका गरी स्वाब संकलन गरेर जेठ २ गते हामीलाई बुझाइएको थियो,’ नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले नेपालखबरसँग भने, ‘४ गते त्यसको रिपोर्ट आयो। त्यसमा पोजिटिभ आएपछि ५ गते पुनः परीक्षण गर्दा केहि अष्पस्टता भएपछि काठमाडौं पठाइएको थियो।’

सोमबार बिहान त्यसको रिपोर्टमा पनि कोभिड–१९ पोजिटिभ नै देखिएको उनले बताए।

यो विषय नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक वसरुद्दिन अन्सारीलाई सो रिपोर्टबारे आफूले जानकारी गराएको डा. उपाध्यायले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .