ad ad

समाज


जेठ ४ गते मुम्बईबाट आएका थिए झापाका संक्रमित

जेठ ४ गते मुम्बईबाट आएका थिए झापाका संक्रमित

नेपालखबर
जेठ १०, २०७७ शनिबार ११:५६,

शनिबार झापामा देखिएका एक कोरोना संक्रमित भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेको थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार थप देशभर ३६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो।

त्यसमध्ये कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापा गाउँपालिकाको डिल्लीराज मावि क्वारेन्टिनमा बसेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो।

‘उनी जेठ ४ गते मुम्बईबाट आएर क्वारेन्टिनमा बसेका थिए। दुईदिन अघि गरिएको परीक्षण रिपोर्ट आज आउँदा पोजिटिभ देखियो,’ गाउँपालिका अध्यक्ष जयनारायण शाहले भने।

दुईदिनअघि क्वारेन्टिनमा रहेका १२ जनाको स्वाव संकलन गरिएको थियो। जसमा संक्रमित पुरुषबाहेक अन्यले रिपोर्ट भने नेगेटिभ आएको छ।

शाहले संक्रमितसँगै भारतबाट सँगै आएका र क्वारेन्टिनमा एउटै कोठामा बसेका अरु दुई जनाको रिपोर्ट पनि नेगेटिभ आएको बताए। संक्रमित पुरुषलाई हाल धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

गाउँपालिकाको क्वारेन्टिनमा अझै ४० जना रहेको अध्यक्ष शाहले बताए।

यो पनि: भारतबाट उद्धार गरि ल्याएकामा कोरोना संक्रमण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .