समाज


टिपरले ठक्कर दिँदा बाबुछोराको मृत्यु, आमा गम्भीर घाइते

टिपरले ठक्कर दिँदा बाबुछोराको मृत्यु, आमा गम्भीर घाइते

नेपालखबर
जेठ १८, २०८३ सोमबार १४:१६, काठमाडौँ

दाङमा टिपरको ठक्करबाट बाबुछोराकै मृत्यु भएको छ।

तुलसीपुरमा टिपरले ठक्कर दिँदा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपालीको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीका अनुसार घटनामा परेर मृतककी श्रीमती ३४ वर्षीया अमृता नेपाली गम्भीर घाइते भएकी छन्।

आज बिहान ६ः०० बजे तुलसीपुरको गुल्म चोकमा रा.१ ख २१९२ नम्बरको टिपरले विपरीत दिशातर्फ गइरहेको रा.४प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बाबुछोराको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो। 

पराजुलीका अनुसार घाइते अमृताको सोही अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad