कास्की र सप्तरीमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका-१६ पश्चिमाञ्चल क्याम्पस नजिकै ग.१७ प ८१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा पोखरा महानगरपालिका-१५ बस्ने नुवाकोट घर भएका ३४ वर्षीय सुजन तामाङ छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी सप्तरीको सप्तकोशी नगरपालिका-१ गोल्चोकमा बा.५८ प २०२८ नम्बरको मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही नगरपालिका-९ पाटनटोल बस्ने ७४ वर्षीय मिश्रीलाल खङ छन्।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Shares

प्रतिक्रिया