ललितपुरमा सुनको सिक्री लुटपाट गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२० कुहेनी बस्ने वर्ष ३२ को रिक्की डंगोल रहेका छन्।
ललितपुर महानगरपालिका–११ स्थित चिल्ड्रेनपार्क शंखमुल सडक खण्डमा स्कुटरमा सवार व्यक्तिले पैदल यात्रा गरिरहेकी महिलाको घाँटीमा लगाएको लकेट सहितको सुनको सिक्री लुटी फरार भएको प्रहरीले जनाएको छ।
यही वैशाख ७ गतेको उक्त घटना अनुसन्धानका क्रममा लुटपाटमा संलग्न व्यक्ति, लुटी लगेको लकेट सहितको सुनको सिक्री र लुटपाटमा प्रयोग भएको स्कुटर सहित पक्राउ परेका हुन्।
उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखी चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको छ।
साथै, निज व्यक्ति यो भन्दा अगाडिसमेत डाँका चोरी तथा लागुऔषध मुद्दामा समेत संलग्न रहेको पाईएको प्रहरीले जनाएको छ।
उनको साथबाट लुटपाटमा प्रयोग भएको बा ९० प ६२७८ नं. को एभिएटर स्कुटर र लकेट सहितको २.७ तोलाको लुटपाट भएको सुनको सिक्रीसमेत बरामद भएको छ।
Shares

प्रतिक्रिया