नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं व्यवसायी अध्यक्ष शेखर गोल्छाले प्रहरी कार्यालयमा आफैँ उपस्थित हुने बताएका छन्।
हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष गोल्छालाई बिहीबार प्रहरीले सम्पर्कमा रहन भनेको हो। गोल्छा भैहरवा हुँदै भारत जान लागेको हल्ला फैलिएपछि प्रहरीले उनलाई सम्पर्क गरी सरोकार राखेको थियो।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार गरेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’मा गोल्छाको नाम पनि परेको थियो। लगत्तै उनले हिमालय रि इन्स्योरेन्सको अध्यक्षबाट राजीनामा दिएका थिए।
‘तपाइँ कहाँ हुनुहुन्छ भनेर आज प्रहरीबाट फोन आएको थियो। आवश्यक पर्दा म आफैँ कानुनअनुसार हाजिर हुन्छु भनेको छु’, उनले नेपालखबरसँग भने, ‘अनुसन्धानमा मेरो सहयोग रहन्छ।’
Shares

प्रतिक्रिया