अघिल्लो दिनको तुलनामा आज (सोमबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कम्तीमा २ डिग्री सेल्सियस घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १६.५ डिग्री सेल्सियस देखिएको हो।
यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउनेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा थोरै घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
हिजो (आइतबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.५ डिग्री सेल्सियस थियो।
यसैबिच काठमाडौँ उपत्यकामा अपराह्नतिर छिटपुट वर्षाको सम्भावना देखिएको मौसम महाशाखाले जनाएको छ।
देशभर आज मौसम कहाँ, कस्तो होला भन्ने विषयमा चाहिँ मौसम महाशाखाले अहिले बिहान ८ बजे प्रक्षेपण जारी गर्नेछ।
मौसमविद्का अनुसार थोरै तलमाथि भए पनि हाल देशभर तापक्रम बढ्दो छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।
आइतबार यस्तो थियो तापक्रम विवरण

Shares

प्रतिक्रिया