समाज


सशस्त्र प्रहरी निरीक्षक घुस रकमसहित पक्राउ

सशस्त्र प्रहरी निरीक्षक घुस रकमसहित पक्राउ

नेपालखबर
चैत २०, २०८२ शुक्रबार ११:५४, जनकपुरधाम

घुस लिएको आरोपमा सशस्त्र प्रहरीका एकजना प्रहरी निरीक्षक धनुषाको लालगढबाट पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सशस्त्र प्रहरीका निरीक्षक ओकिल अधिकारी रहेका प्रहरीले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले ४० हजार रुपैयाँ घुस रकमसहित उनलाई पक्राउ गरेको हो। 

आयोगका सूचनाअधिकारी प्रकाश पोखरेलले दिएको जानकारी अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण ठेकेदारसँग विभिन्न बहानामा रकम असुल्ने गरेको गुनासो आएपछि निगरानी बढाइएको थियो।

विशेष निगरानीका आधारमा उनी घुस रकमसहित पक्राउ परेका हुन्। 

निर्माण भइरहेको सडक खण्डमा माटो तथा ग्राभेल फिलिङ कार्यमा संलग्न सवारी साधनहरूलाई यो मिलेन र त्यो मिलेन भन्दै उनले काममा अनावश्यक अवरोध सिर्जना गर्ने र रकम माग्दै आएका थिए। 

आरोपितलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad