कपिलवस्तुमा तीन जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल प्रहरीका सई, सशस्त्र प्रहरीका सई र राष्ट्रिय अनुन्धान विभागका असईमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।
संक्रमित तीनै सुरक्षाकर्मीको स्वास्थ्य अवस्था सामान्य छ।
यसअघि कपिलवस्तुमा एक नर्स पनि कोरोना संक्रमित भेटिएकी थिइन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार कपिलवस्तुमा थप ८ जनामा कोरोना पुष्टि भएको उल्लेख थियो। योसँगै कपिलवस्तुमा कोरोना संक्रमतिको संख्या ३९ पुगेको छ।
यसअघि मंगलबार भक्तपुरमा एक सशस्त्र प्रहरीका जवानमा पनि कोरोना पुष्टि भएको थियो। उनी पूर्वमन्त्री भीम रावलको सुरक्षामा खटिँदै आएका थिए।

प्रतिक्रिया