समाज


जाल हानेर पोखरीबाट निकालियो युवकको शव, पहिचानको प्रयास गर्दै प्रहरी

जाल हानेर पोखरीबाट निकालियो युवकको शव, पहिचानको प्रयास गर्दै प्रहरी

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८२ शुक्रबार ५:३५, सर्लाही

सर्लाही सदरमुकाम मलङ्गवामा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न सकेको छैन। 

मलङ्गवा नगरपालिका–२ स्थित नासी पोखरीमा डुबेर करिब ३० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। 

स्थानीयसमेतको सहयोगमा माछा मार्ने जाल हानेर युवकको शव प्रहरीले पोखरीबाट बाहिर निकालेको छ।

स्थानीयले युवकलाई पोखरीमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्दा फेला नपरेपछि अन्तिममा स्थानीयसमेतको सहयोगमा जाल हानेर उनको शव निकालिएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad