समाज


आज पनि काठमाडौँको वायु प्रदूषण अस्वस्थकर तहमै

आज पनि काठमाडौँको वायु प्रदूषण अस्वस्थकर तहमै

नेपालखबर
फागुन २८, २०८२ बिहिबार ७:३०, काठमाडौँ

आज पनि काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर तहमै छ। 

हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्सका अनुसार अहिले (बिहीबार बिहान ७: २० बजे)को मापनअनुसार काठमाडौँ उपत्यकाको वायु प्रदूषण १८४ एक्यूआई छ।

यतिबेला काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये चौथो स्थानमा सूचीकृत छ। 

आज विश्वकै सबैभन्दा प्रदूषित सहर उज्वेकिस्तानको तास्कन्द छ, जहाँ वायु प्रदूषण यतिबेला २३२ एक्यूआई छ। 

त्यसैगरि सबैभन्दा प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तानको लाहोर सहर छ। जहाँको एक्यूआई २२३ छ भने तेस्रो स्थानमा रहेको भियतनामको हनोइको एक्यूआई २१८ छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ। 

५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहनु अथवा पहेँलो सङ्केत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ।

दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चारसय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ।

मौसमविद्का अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण पछिल्लो समय वायु प्रदूषण बढेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad