समाज


धादिङ बस दुर्घटनामा घाइते १२ यात्रुको ट्रमा सेन्टरमा उपचार हुँदै, एक जना गम्भीर

धादिङ बस दुर्घटनामा घाइते १२ यात्रुको ट्रमा सेन्टरमा उपचार हुँदै, एक जना गम्भीर

नेपालखबर
फागुन ११, २०८२ सोमबार १४:१२, काठमाडौँ

धादिङ बस दुर्घटनामा घाइते भएका १२ यात्रुको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ। 

गए राति पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै पोखराबाट काठमाडौँका लागि छुटेको ग २ ख १४२१ नम्बरको बस त्रिशूली नदी किनारमा दुर्घटना भएको थियो। दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका थिए। 

घाइतेमध्ये १५ जनालाई राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। जसमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको र दुई जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ। 

अहिले ट्रमा सेन्टरमा १२ जनाको उपचार भइरहेको छ। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ। 

अन्य सबै घाइतेको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। उपचार भइरहेका घाइतेमध्ये एक जना चिनियाँ नागरिक छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad