समाज


एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षीय युवकको मृत्यु, बसको छतबाट खसेर वृद्धाको ज्यान गयो

एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षीय युवकको मृत्यु, बसको छतबाट खसेर वृद्धाको ज्यान गयो

नेपालखबर
फागुन १०, २०८२ आइतबार १२:४२, काठमाडौँ

काठमाडौँ, सर्लाही र प्युठानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। 

काठमाडौँ महानगरपालिका-३२ पेप्सिकोला छाप्रोचोक नजिक बसबाट खसेर एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।  

जडिबुटीबाट पेप्सिकोला चोकतर्फ आउँदै गरेको बा.४ ख ५७५४ नम्बरको बसबाट खसेर दोलखा चरिकोट घर भएकी ६५ वर्षीया राम कुमारी भुजेलको मृत्यु भएको हो।

पेप्सीकोला बस्दै आएकी उनी शनिबार दिउँसो गुडिरहेको बसरबाट खस्दा गम्भीर घाइते भएकी थिइन्। 

उनको अन्नपुर्ण अस्पतालमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरि प्युठानको प्युठान नगरपालिका-८ तालमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। 

बिजुवारबाट नौबहिनीतर्फजाँदै गरेको रा.१ झ २३६ नम्बरको एम्बुलेन्सले लु.३७ प ७०२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका युवनको उपचारको क्रममा मृत्यु भएको हो। 

मृत्यु हुनेमा नौबहिनी गाउँपालिका-१ स्याउलिवाङ बस्ने २१ वर्षीय कुशल गौचन थकाली छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरि सर्लाहीको गोडैता नगरपालिका-७ मा अटो दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ। 

फुलपरासीबाट गोडैतातर्फ आउँदै गरेको ज.१ ह ५१२१ नम्बरको अटो अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार
गोडैता नगरपालिका-६ बस्ने ६५ वर्षीय अनती दास गम्भीर घाइते भएकी थिइन्। 

उनको उनको एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको छ।

यी सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad