समाज


एकै ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेका ३ मोटरसाइकलसँगै भेटियो २ युवकको शव, २ जना पक्राउ

एकै ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेका ३ मोटरसाइकलसँगै भेटियो २ युवकको शव, २ जना पक्राउ

नेपालखबर
फागुन ७, २०८२ बिहिबार ८:९, काठमाडौँ

सर्लाहीमा दुई मोटरसाइकल आपसमा ठोकिँदा दुईजना युवकको मृत्यु भएको छ। घटनामा अन्य दुई जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सराेज राईले नेपालखबरलाई दिएको जानकारी अनुसार दुर्घटना गएराति करिब आठबजेतिर ईश्वरपुर नगरपालिका- १३ बाँके-संग्रामपुर सडक खण्डको ठिल्ला नजिकै भएको हो। 

दुर्घटनामा सर्लाहीकै हरीपुर्वा नगरपालिका-९ मिर्चैया बस्ने करिब ३० वर्षका मुकेश राय र सोही ठाउँका ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा अचेत अवस्थामा फेला परेका उनीहरूलाई लालबन्दीस्थित मोडल अस्पतालमा हुँदै  मलंगवास्थित प्रादेशिक अस्पताल लगिएको थियो। 

गएराति १० बजे अस्पताल पुर्‍याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्। 

दुर्घटनामा सर्लाहीकै हरिपुर्वा नगरपालिका -९ बस्ने २२ वर्षीय बिक्रम राय र सोही ठाउँ बस्ने ४२ वर्षीय ४२ वर्षीय रामविश्वास राय सामान्य घाइते भएका छन्। 

उनीहरूलाई लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचार पश्चात इलाका प्रहरी कार्यालय केशरगंजले नियन्त्रणमा लिएको छ। 

बुधबार राति ८ बजे ईश्वरपुर नगरपालिका-१३ बाँके-संग्रामपुर सडक खण्डको ठिल्ला नजिकै बीआर ३० एआर ३४५८ र बीआर ३० एपी ३८०९ र एसपी सी ०६२३ नम्बरका तीनवटा मोटरसाइकल एकै ठाउँमा दुर्घटनाग्रस्त अवस्था फेला परेका प्रहरीले जनाएको छ। 

‘सडकमा यात्रा गर्ने यात्रुले एकै ठाउँमा तीनवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा रहेको खबर गरेपछि प्रहरी चौकी गौरीशंकरबाट प्रहरी सहायक निरीक्षक लिलानाथ मिश्राको कमाण्डमा प्रहरी टोली घटनास्थलमा गएर मृतक र घाइतेको उद्धार गरेको हो,’ डीएसपी राईले नेपालखबरसँग भने, ‘दुई मृतक र घाइते दुईजना कुनकुन मोटरसाइकलमा सवार थिए खुलिसकेको छैन।’

दुर्घटनास्थलबाट चारैजना घाइतेलाई उठाएर प्रहरीले उपचारको लालबन्दीस्थित मोडल अस्पताल पुर्‍याएको थियो। 

तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad