ग्लोबल


बंगलादेशका नवनियुक्त प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा पहिलो सम्बोधन: के-के भने?

बंगलादेशका नवनियुक्त प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा पहिलो सम्बोधन: के-के भने?

नेपालखबर
फागुन ७, २०८२ बिहिबार ८:१०, काठमाडौँ

बंगलादेशको प्रधानमन्त्री बनेपछि तारिक रहमानले बुधबार बेलुका पहिलोपटक राष्ट्रलाई सम्बोधन गरेका छन्।

उनको भाषण बंगलादेशको सरकारी टेलिभिजन च्यानल, बीटीभी र बंगलादेश बेतारमा स्थानीय समयअनुसार राति ९:४५ बजे प्रत्यक्ष प्रसारण गरिएको थियो।

बीबीसी बंगला सेवाका अनुसार, प्रधानमन्त्री तारिक रहमानले रमजानको समयमा जनताका लागि वस्तुको मूल्य उचित राख्न व्यापारीहरूलाई निर्देशन दिएका छन्।

यस्तै उनले देशमा कानुनी व्यवस्था सुधार गर्ने र भ्रष्टाचार नियन्त्रण गर्नेमा पनि जोड दिए।

उनले भने, ‘फासीवादी युगबाट भ्रष्टाचार र कुशासनका कारण अस्थिर अर्थतन्त्र, कमजोर शासन र बिग्रँदै गएको कानुन व्यवस्थाको बिचमा नयाँ सरकारले आफ्नो यात्रा सुरु गरेको छ। हाम्रो सरकारको मुख्य प्राथमिकता कानुनी व्यवस्था सुधार गरेर र भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरेर जनतामा शान्ति र सुरक्षा पुनर्स्थापित गर्नु हो।’

प्रधानमन्त्री तारिक रहमानले बंगलादेशमा सबै गिरोहलाई हटाउनुपर्नेमा पनि जोड दिए।

उनले भने, ‘हामीले हजारौँ जीवनको मूल्यमा माफिया गिरोहहरूलाई हटाएका छौँ र राष्ट्र, सरकार र जनताको अधिकार स्थापित गर्ने प्रतिबद्धताका साथ देश चलाउने जिम्मेवारी लिएका छौँ।’

तारिक रहमानले थपे, ‘बीएनपी सरकार सबै क्षेत्रमा अराजकता र अनियमितताका सबै गिरोहहरूलाई हटाउन दृढ छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad