समाज


काठमाडौँका एसपी भट्टराईसहित तीन प्रहरी पुरस्कृत

काठमाडौँका एसपी भट्टराईसहित तीन प्रहरी पुरस्कृत

नेपालखबर
फागुन ५, २०८२ मंगलबार १३:५०, काठमाडौँ

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराई पुरस्कृत भएका छन्।

काठमाडौँ उपत्यकामा हुने विभिन्न किसिमका विरोध, प्रदर्शन, बन्द हडताल, मेला पर्व, खेलकुद लगायत विभिन्न आन्दोलनहरूको व्यवस्थापन तथा नियन्त्रण गर्न उत्कृष्ट कार्य गरेको भन्दै भट्टराईलाई पुरस्कृत गरिएको हो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले रेकर्डमा जनिने गरी भट्टराईसँगै काठमाडौँ परिसरकै डीएसपी कौशल कुमार बुढाथोकीलाई पनि पुरस्कृत गरेको छ।

त्यसैगरी, प्रहरी वृत्त सिंहदरबार, काठमाडौँलाई ३१७५.१९ वर्ग मिटर जग्गा स्थायी रूपमा उपयोग गर्ने गरी जग्गा प्राप्‍ती एवं पूर्वाधार विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायव उपरीक्षक जनार्दन घिमिरेलाई समेत पुरस्कृत गरिएको छ।

यस्ता कार्यले अन्य प्रहरी कर्मचारीहरूको समेत मनोबल उच्च राख्न प्रेरणा मिल्ने उपत्यका प्रहरी कार्यालयको ठहर छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad