समाज


जेनजी प्रदर्शनमा घाइते भएका दुई सय जनाको वर्गीकरण

जेनजी प्रदर्शनमा घाइते भएका दुई सय जनाको वर्गीकरण

नेपालखबर
फागुन ४, २०८२ सोमबार २१:२०, काठमाडौँ

जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको सरकाले वर्गीकरण गरिएको छ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको बताए। कात्तिक र मंसिरमा १८३ जना, पुसमा १६ र माघमा एक जनाको मात्र वर्गीकरण भएको बुढाथोकीले जानकारी दिए। 

‘जिल्ला प्रशासन कार्यालयले जेनजी प्रदर्शनका क्रममा घाइते भएको विवरण पठाउनुपर्ने हो, तर कार्यालयले पटकपटक सूचना जारी गर्दा पनि घाइते सम्पर्कमा आएनन् भनेर जानकारी दियो। त्यसैले वर्गीकरणको संख्या धेरै भएन,’ उनले भने। 

सम्पर्कमा नआएपछि घाइतेको वर्गीकरण र नयाँ घाइतेको विवरण सङ्कलन गर्ने कार्य निश्चित अवधि तोकेर अगाडि बढाइने उनले बताए। जेनजी प्रर्दशनका क्रममा धेरै जना घाइते भए पनि सामान्य घाइते भएकालाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएको हुनसक्ने बुढाथोकीको बुझाइ छ। 

जेनजी प्रदर्शनका क्रममा दुई हजार ५९९ जना घाइते रहेको मन्त्रालयको तथ्याङ्क छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad