समाज


बर्दियामा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

बर्दियामा पौडी खेल्न गएका दुई बालकको  डुबेर मृत्यु

नेपालखबर
असार २५, २०७६ बुधबार ७:१५,

पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गुलरिया नगरपालिका–३ सिरकैयाका १० वर्षीय विकास बञ्जरा र सोही ठाउँका ५ वर्षीय अनिल बञ्जरा रहेको प्रहरीले जनाएको छ।

मंगलबार साँझ ४ बजेतिर घरदेखि एक किलोमिटर टाढा रहेको खन्न बाबा खोलामा साथीसँग पौडी खेल्ने क्रममा दुवै बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो।

बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि खैरापुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीय खोजीकार्यमा जुटेका थिए। घटनास्थलबाट ५० मिटर टाढा साँझ ६ बजेतिर दुवै बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad