ad ad

समाज


बिहानै ओखलढुंगामा बस पल्टियो, तीन जनाको मृत्यु, १७ जना घाइते

बिहानै ओखलढुंगामा बस पल्टियो, तीन जनाको मृत्यु, १७ जना घाइते

नेपालखबर
असार २५, २०७६ बुधबार २:३३,

ओखलढुंगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। घटनामा १७ जना घाइते भएका छन्।

काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरैको मे १ ख १८९१ नम्बरको बस बुधबार बिहान साढे ३ बजे सिद्धिचरण राजमार्गमा पर्ने ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ डडुवामा दुर्घटना भएको हो।

दुर्घटनामा बसका चालक झापा पत्थरी–८ का कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई नगरपालिकाका लालबहादुर धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजीब श्रेष्ठले जानकारी दिए।

गम्भीर घाइते पाँच जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।

बाँकी १२ जनाको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ।

बस सडकबाट करिब २० मिटर तल खसेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .