आज (शनिबार) सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लो दिन (शुक्रबार) को तुलनामा घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको हो।
हिजो यो बेला काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे घटेर ५.० डिग्री सेल्सियसमा झरेको थियो।
आजको आधिकारिक न्यूनतम तापक्रम पनि उक्त समयमा फेरि मापन गरिन्छ। जतिबेला काठमाडौँँको न्यूनतम तापक्रम बिहान ५:४५ बजेको भन्दा प्रायः घटेकै हुन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम हुन्छ।
मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ, बादल लाग्यो भने बढ्छ।
यसको ठिक उल्टो दिउँसो आकाश सफा रह्यो भने घाम लाग्ने भएकाले अधिकतम तापक्रम बढ्छ, बादल लाग्यो भने घाम नदेखिने भएकाले घट्छ।
Shares

प्रतिक्रिया