समाज


राशिफल १९ पुस : मीन राजनीतिमा सफल, वृश्चिकको तनाव बढ्ने, तपाईँको दिन कस्तो?

राशिफल १९ पुस : मीन राजनीतिमा सफल, वृश्चिकको तनाव बढ्ने, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
पुस १९, २०८२ शनिबार ४:४५, काठमाडौँ

आज शनिबार, १९ पुस २०८२ (३ जनवरी २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: सफल यात्राको योग देखिन्छ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। छरछिमेकमा हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय मधुर रहनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

वृष: आँटेको र ताकेको पूरा होला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सामाजिक कामको दायित्व बढ्नुका साथै महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नुका साथै स्वादिष्ट भोजनको आनन्द पाइएला।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: स्थानान्तरण र मङ्गल कार्यको योग छ। पढाइलेखाइमा प्रगति हुनुका साथै सहयोगीहरूले साथ दिनेछन्। बोलीको प्रभावले कार्य सम्पादन हुनेछ। कसै-कसैका लागि सन्तान सुखको योगसमेत देखिन्छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ७८ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट: अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला। शरीरमा स्फूर्ति र उमङ्गको कमी महसुस हुनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत रहनुहोला। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ, यद्यपि मनोरञ्जनमा सहभागी भइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

सिंह: बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मन पर्ने साथीको साथ र सहयोग पाइनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाउने योग छ। आजको मन्त्र- निरन्तरता सफलताको कडी हो।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कन्या: रोकिएका काम पूरा हुनेछन्। नयाँ सम्बन्ध जोडिन सक्छ। मन मिल्ने साथीको सहयोग मिल्नेछ। शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। व्यापार-व्यवसायमा घाटा हुन सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

तुला: लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ। आजको मन्त्र- बाटो आफैँ बन्छ, मात्र हिँड्ने आँट चाहिन्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक: दिन त्यति अनुकूल देखिँदैन। पढाइलेखाइमा ध्यान दिन कठिन होला। दबाब र तनाव बढेको महसुस हुनेछ। प्रेम सम्बन्धमा असमझदारी बढ्न सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। भोकालाई भोजन दिने। झुट नबोल्ने।

धनु: लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। पराक्रम बढ्नुका साथै धन लाभको योग छ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको सम्भावना देखिन्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मकर: सफलता र नयाँ अवसर प्राप्त होला। आफन्तबाट सहयोग मिल्नुका साथै सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ। सहयोगीले साथ दिनेछन्। काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। वृक्षरोपण गर्ने। उत्तर दिशाको यात्रा नगर्ने।

कुम्भ: दक्षताका साथ कार्य सम्पन्न हुनेछ। प्रियजनको सहयोगले कामबाट फाइदा लिन सकिनेछ। मन पर्ने वस्त्र उपहार पाइनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। प्रतिस्पर्धाबाट लाभ नहुन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन: समयलाई मध्यनजर गर्दै काम गर्नुहोला, नत्र समस्या बढ्न सक्छ। अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्नेछ। सामान हराउने योग भएकाले सजग रहनुहोला। विपरीत वर्गबाट सहयोग मिल्नेछ। राजनीतिक कार्यमा सफल भइनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४२, वैदेशिक कार्यमा ५७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। भगवान् शंकरको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad