समाज


पशुपतिसहित देशभरका शिवालयमा शतबीज छर्नेको घुइँचो (तस्बिरहरू)

पशुपतिसहित देशभरका शिवालयमा शतबीज छर्नेको घुइँचो (तस्बिरहरू)

नेपालखबर
मंसिर ३, २०८२ बुधबार ७:३२, काठमाडौँ

काठमाडौँको पशुपतिसहित देशभरका शिवालयहरुमा आज बिहान पितृउद्धारको कामना गर्दै शतबीज छरिँदैछ। पशुपतिमा यतिबेला शतबीज छर्नेको घुइँचो लागेको छ। 

मङ्गलबार राति पितृका नाममा बत्ती बालेर जाग्राम बसेकाहरुले आज बिहान शतबीज छर्छन्। 

तनहुँको देवघाटमा पनि बिहानैदेखि शतबीज छर्नेको घुइँचो छ। यहाँ गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत स्थानबाट छतबीज छर्न भक्तजन पुगेका छन्। 

शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास देवघाटधाममा भेटिएका बन्दीपुर गाउँपालिका–४ निवासी टिकाराम पनेरुले बताए। 

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ। 

सबै तस्बिर रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad