समाज


विप्लवका पोलिटब्युरो सदस्य जीवन्त अदालत परिसरबाटै पुनः पक्राउ

विप्लवका पोलिटब्युरो सदस्य जीवन्त अदालत परिसरबाटै पुनः पक्राउ

नेपालखबर
असार २४, २०७६ मंगलबार ६:३०,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई प्रहरीले पुनः पक्राउ गरेको छ।

सुनसरी प्रहरी हिरासतमा रहेका जीवन्तलाई सोमबार जिल्ला अदालत सुनसरीले साधरण तारेखमा छाड्न आदेश दिएको थियो। अदालतको आदेशसँगै रिहा भएका उनलाई प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको हो।

उनलाई प्रहरीले चैत १ गते शुक्रबार ललितपुर च्यासलबाट कोठाबाटै गिरफ्तार गरेको हो।

पुन पक्राउ गरेसँगै उनलाई नुवाकोट लैजाने तयारी भएको बताएको छ। यसअधि पनि रिहा भए लगत्तै पक्राउ परेका जीवन्तमाथि प्रहरीले राजद्रोह, बम विष्फोट र संगठित अपराधको मुद्दा चलाएको छ।

त्यस्तै सोमबार नै आदलतका आदेशबाट नेकपाका केन्द्रीय सदस्यसहित ४ नेता रिहा भएका छन्। रिहा हुनेहरुमा चुडामणि ओली ‘आदर्श’, केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’, धनकुटा इन्चार्ज बाबुराम राई ‘विवश’ र मिनबहादुर राई रहेका छन्।

उनीहरुलाई प्रहरीले गत बैशाख ७ गते पक्राउ गरेको थियो। रिहा भएका ४ जना आफ्न्तको सम्पर्कमा पुगिसकेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .