समाज


दोलखामा हिमपहिरोमा परेर ३ विदेशीको मृत्यु, नेपालीसहित ८ जना बेपत्ता

दोलखामा हिमपहिरोमा परेर ३ विदेशीको मृत्यु, नेपालीसहित ८ जना बेपत्ता

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १८:९, काठमाडौँ

दोलखाको यलुङ रि हिमाल आरोहणका लागि गएको विदेशी र स्वदेशीसहित १५ जना आरोहीको टोली हिमपहिरोमा परेको छ। जिल्लाको रोल्वालिङ क्षेत्रमा रहेको यलुङ रि हिमालको बेसक्याम्पनजिकै आज सोमबार हिमपहिरोमा परेका हुन्।  

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार ३ जना निधन भएको एकिन भएको छ। 
'हिमपहिरोमा ३ जना विदेशी नागरिकको निधन भएको भनेर विवरण खुलेको छ,' उनले नेपालखबरसँग भने, 'निधन हुनेमा क्यानडा, जर्मनी र फ्रान्सका नागरिक छन्। ८ जना बेपत्ता छन्। बेपत्ता हुनेमा नेपाली पनि रहेको बुझिएको छ। यहाँ ४ जना घाइते पनि छन्। उनीहरूको उद्धार प्रयास भइरहेको छ।' 

दिउँसो केहीबेर हेलिकप्टरमार्फत बेपत्ताको खोजी र घाइतेको उद्धार प्रयास भए पनि मौसम खराब हुँदा सफल नभएको उनको भनाइ छ।  

जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी ज्ञानकुमार महतोका अनुसार ४ जना घाइते अवस्थामै बेसक्याम्प आइपुगेका हुन्। 

त्यस्तै सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्रको बीओपी लामाबगर, नेपाली सेना र नेपाल प्रहरी गरी ५० जनाको संयुक्त टोली उद्धारका लागि परिचालन गरिएको छ। 

मौसम प्रतिकूल हुँदा उद्धार नभएको र मंगलबार बिहानैदेखि उद्धारको काम सुरु गरिने डीएसपी महतोले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad