अस्ट्रेलिया पठाउने बहानामा एक भारतीय युवकलाई काठमाडौं बोलाएर बन्धक बनाई २० लाख भारु (३२ लाख रुपैयाँ) फिरौती मागेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने दुवैजना भारतीय नागरिक हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यही असोज २९ गते भारतको पञ्जाव राज्य, चण्डीगढ, सेक्टर ६५, फेस ११ महली थाना घर भइ हाल काठमाडौं महानगरपालिका २२ बस्ने वर्ष २४ को परमप्रित सिंह र वर्ष २८ को लवप्रित सिंहले भारत हरियाणा राज्य घर भएका वर्ष २६ का अङ्कित कुमारलाई बन्धक बनाएका हुन्।
अङ्कितलाई झुक्यानमा पारी नेपाल हुँदै अष्ट्रेलिया पठाइदिने भनि काठमाडौं बोलाई बन्धक बनाई भारतीय नगद २० लाख फिरौती मागेको प्रहरी अनुसन्धानमा खुलेको छ।
सो सम्बन्धी सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सुन्धारा स्थित होटल न्यु जोमसोमको कोठा नं. ६ मा बन्धक बनाई राखेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका उपर अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान कार्य भइरहेको परिसरकार सूचना अधिकारी एसपी पवन कुमार भट्टराईले बताए।
Shares

प्रतिक्रिया