समाज


हेटौँडा–काठमाडौँ आवतजावत गर्ने ५ वटै सडक ३ दिनका लागि बन्द

हेटौँडा–काठमाडौँ आवतजावत गर्ने ५ वटै सडक ३ दिनका लागि बन्द

सुनिता विष्ट
असोज १८, २०८२ शनिबार १३:२८, हेटौँडा

निरन्तर भइरहेको वर्षाको कारण बाढी पहिरो जान थालेपछि हेटौँडा–काठमाडौँ आवातजावत गर्ने सबै सडकखण्ड तीनदिनका लागि बन्द गरिएका छन्। 

शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रेस विज्ञप्ति जारी गर्दै तीन दिनका लागि हेटौँडा–काठमाडौँ आवतजावत गर्ने पाँचवटै सडक बन्द गरिएको जानकारी गराएको हो।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १८ देखि २० गतेसम्म नेपालका विभिन्न भागमा हल्कादेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले मकवानपुर प्रशासनले हेटौँडा हुँदै काठमाडौँ भित्रिने सम्पूर्ण बाटो बन्द गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिइन्। 

अबकाृ तीन दिन अत्यावश्यक सवारीसाधन बाहेक सबै किसिमका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिने उनको भनाई छ। 

हेटौँडा हुँदै काठमाडौँ जानका लागि प्रयोग गरिने पाँचवटै सडक बन्द गरिएका हुन्। यो सडक खण्डको धेरै ठाउँमा पहिरो खसेको छ। 

जिल्ला प्रशासन मकवानपुरका अनुसार हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडक खण्ड, हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक खण्ड, त्रिभुवन राजपथ सडक खण्ड, कान्तिलोकपथ सडक खण्ड र हेटौँडा–नारायणगढ–काठमाडौँ सडक खण्ड बन्द गरिएको हो। 

प्रशासनले बाढी, पहिरो र डुबान जस्ता विपद् जोखिम न्यूनीकरणका लागि यस्तो कदम चालिएको जनाएको छ।

यसबाट यात्रुमा पर्न सक्ने असुविधाप्रति क्षमा याचना गर्दै स्थानीय प्रशासनले सबैलाई सुरक्षित रहन र घरमै बस्न आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad