समाज


राशिफल १६ असोज : वृषलाई स्वादिष्ट भोजनको अवसर, मिथुनलाई चोटपटकको भय, तपाईँको के?

राशिफल १६ असोज : वृषलाई स्वादिष्ट भोजनको अवसर, मिथुनलाई चोटपटकको भय, तपाईँको के?

ज्यो. मेनुका दाहाल
असोज १६, २०८२ बिहिबार ३:५८, काठमाडौँ

आज बिहीबार, १६ असोज २०८२ (२ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: नयाँ कार्य सम्पादनमा सहजता मिल्नेछ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने कसैका लागि सन्तान प्राप्तिको योग छ। आजको मन्त्र- सपना देख्ने आँखा कमजोर हुँदैनन्।

भाग्यशाली रङ आकासे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष: स्वादिष्ट भोजनको योग रहेको छ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। आफ्नो क्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ।

भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ६८ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: चोटपटकको भय रहेकाले सचेत रहनुहोला। आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नमिल्न सक्छ। पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ। साँझमा प्रेम सम्बन्ध र प्रणय प्रसंगका लागि श्रेष्ठ समय रहनेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह रहला। रमाइलो यात्राको योग रहेको छ भने प्रेम सम्बन्धमा मधुरता मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्ने र बन्धुबान्धवबाट सहयोग मिल्नेछ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ। चिताएको कामले तीव्रता लिने र अधुरा कामहरू पुनः प्रारम्भ हुनेछन्।

भाग्यशाली रङ पर्पल र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

कन्या: सफल भ्रमणको योग छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। केही नयाँ कुरा खरिद गरिनेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ। धार्मिक, सांस्कृतिक तथा दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

तुला: खानपिनप्रति सजग रहँदै स्वास्थ्यको ख्याल गर्नुहोला। शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ। मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। साँझमा भने सफल यात्राको योग रहनेछ।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

वृश्चिक: पारिवारिक भेटघाटमा रमाउनु हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ भने परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिने छ। सामाजिक र वैदेशिक कार्य पनि सहजै अघि बढ्नेछ र नयाँ कार्य सम्पादनमा सहजता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्यांक ७९ प्रतिशत रहेको छ। निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

धनु: सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। रमणीय र सुखद यात्राको योग छ। मनमा सेवा र सहयोगको भाव आउनेछ। कला, गला र सांस्कृतिक क्षेत्रको समेत प्रभाव बढ्दै जानेछ, तर आहारविहारप्रति सजग रहनु पर्नेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशामा नजाने।

मकर: मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ भने पारिवारिक भेटघाटमा रमाइने छ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ।

भाग्यशाली रङ निलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ। नियमित खर्चसमेत बढ्ने योग छ भने यात्रामा मालसामान हराउन पनि सक्छ। साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। प्रेमीको साथ पनि पाइनेछ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

मीन: कृषि र उत्पादनमूलक कार्य सहजै अघि बढ्नेछ। माया प्रेममा आत्मियताको बढोत्तरी पनि हुनेछ। रमणीय, सुखद् र धार्मिक यात्राको योग छ भने धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। वैदेशिक कामबाट पनि राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad