स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी प्रदर्शनमा घाइते भएका ५७ जनाको उपचार भइरहेको जनाएको छ। मन्त्रालयले १८ अस्पतालमा ५७ जना घाइतेको उपचार भइरहेको जनाएको हो।
सबै भन्दा धेरै राष्ट्रिय ट्रमा सेन्टरमा २० जनाको उपचार भईरहेको छ। काठमाडौँ मेडिकल कलेज सिनामंगलमा ८, त्रिवि शिक्षण अस्पतालमा ७, पाटन अस्पतालमा ४ जना घाइतेको उपचार भईरहेको मन्त्रालयले जनाएको छ।
प्रदर्शनमा ७४ जनाको मृत्यु भएको छ भने २ हजार ३१६ जना घाइते भएका थिए। घाइते भने २ हजार १२८ जना डिस्चार्ज भएका छन्।
39
Shares

प्रतिक्रिया