आज बुधबार, ८ असोज २०८२ (२४ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: धार्मिक कार्य सफल रहनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। प्रेम सम्बन्ध कसिलो होला। वैदेशिक क्षेत्रको कामबाट लाभ हुनेछ। आजको मन्त्र- कर्मशीलता नै सबैभन्दा ठूलो पुँजी हो।
भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
वृष: सभा समारोहमा सरिक हुने सम्भावना छ। नयाँ सम्बन्ध जोडिन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ। सेयर बजारको कारोबारबाट नोक्सानी हुन सक्छ।
भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
मिथुन: सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पढाइमा गहिरो ध्यान र आत्मविश्वास बढ्ने दिन छ। प्रेम र मित्रताको बन्धन कसिएला। सेयर बजार र पेसा-व्यवसायको क्षेत्रबाट फाइदा हुनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
कर्कट: पढाइलेखाइमा ध्यान दिन नसकिएला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सामाजिक कामको दायित्त्व बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
सिंह: राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। धार्मिक तथा सामाजिक कार्यमा विशेष रुचि हुने देखिन्छ। आजको मन्त्र- मनको शान्ति नै साँचो सफलता हो।
भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
कन्या: चिताएको कामले तीव्रता लिनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ। आफन्तको एवं परिवारजनबाट विशेष लाभ होला। प्रतिस्पर्धी परास्त होलान्। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
तुला: भोजभतेरमा सहभागी भइनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। स्थानान्तरण र टाढा यात्राको सम्भावना छ। कसै कसैका लागि सन्तान सुखको योग छ।
भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृश्चिक: आफूलाई कमजोर भएको अनुभूति हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। मनोरञ्जनमा सहभागी भइनेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
धनु: छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गमा मधुरता छाउने योग छ। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
मकर: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। लाभदायक भेटघाटलाई नकार्न सकिँदैन। परिश्रमअनुसार उपलब्धि राम्रै होला। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कुम्भ: बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइनेछ। यात्रामा सावधानी अपनाउनु होला। आजको मन्त्र- विवेक र लगनले सफलता आफैँ बोलाउँछ।
भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
मीन: मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। सामान हराउने योग छ। मन मिल्ने साथीबाट सहयोग पाइनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।
भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
Shares

प्रतिक्रिया