हाल (शुक्रबार साँझ) देशभर साधारणतया बदली (आकाशमा बादल) छ। अनि कोसी प्रदेश र बागमती प्रदेशका पहाडका थोरै स्थान साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज रातभर नै देशभर साधारणतया बदली रहनेछ।
यस क्रममा राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
साथै कोसी प्रदेश र मधेस प्रदेशलगायत गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना रहेको जानकारी मौसम महाशाखाले दिएको छ।
243
Shares

प्रतिक्रिया