समाज


जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुग्यो

जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुग्यो

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १३:१६, काठमाडौँ

जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुगेको छ। 

नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले दिएको जानकारीअनुसार यही भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा मृत्यु भएकाको संख्या ५१ पुगेको हो। 

यसमा ३ जना प्रहरी, १ भारतीय नागरिक र बाँकी नेपाली युवा छन्। 

प्रदर्शनको पहिलो दिन १९ जना जेन-जीको मृत्यु भएको थियो भने पछि उपचारका क्रममा घाइतेहरूको मृत्यु हुँदा मृतकको संख्या शुक्रबार ५१ पुगेको हो। 

यसैबीच जेन-जी प्रदर्शनमा घाइते भएका २९९ जनाको उपचार जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार उनीहरूको उपचार देशभरका ३३ अस्पतालमा भइरहेको हो। जसमध्ये सबैभन्दा धेरै झापाको बीएनसी अस्पतालमा ५३ घाइते उपचाररत छन्। 

मुख्य प्रदर्शन स्थल बानेश्वरमा रहेको निजामती कर्मचारी (सिभिल) अस्पतालमा २३ घाइतेको उपचार जारी छ।

यसैगरी ट्रमा सेन्टरमा ३२ जना, सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा ३५ जना घाइतेको उपचार भइरहेको छ।

त्यसैगरी त्रिवि शिक्षण अस्पतालमा २५ जना, नेपाल पुलिस अस्पतालमा २८ जना घाइतेको उपचार चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

घाइतेमध्ये अहिलेसम्म १ हजार ४६५ जना डिस्चार्ज भइसकेको जानकारी पनि मन्त्रालयले दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad