समाज


भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

नेपालखबर
भदौ २२, २०८२ आइतबार ११:४८, काठमाडौँ

भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएको लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार बिहान गोलबजार नगरपालिका-६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो। यादव सुखीपुर नगरपालिका-७ सिसवा निवासी हुन्।

उनीसँगै रहेका अर्का मोटरसाइकल चालक भने फरार रहेको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए। सशस्त्र प्रहरीका अनुसार यादवको साथबाट २ लाख ८२ हजार ८०० बराबरको कपडा र २ लाख ५० हजार मूल्य बराबरका दुई थान मोटरसाइकल बरामद गरिएको छ। बरामद सामग्रीको मूल्य ५ लाख ३२ हजार ८०० बराबर रहेको छ। 

सशस्त्र प्रहरी उपरीक्षक भण्डारीका अनुसार भारतबाट भन्सार छली गरेर सामान भित्र्याउने कार्यमा रोक लगाउन सशस्त्र प्रहरीले कडा निगरानी थालेको छ। पक्राउ परेका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको पनि उनले जानकारी दिए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad