इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका एक आरोपी यूएईबाट पक्राउ परेका छन्।
मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका-४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका-२ घर भएका कल बहादुर बस्नेत पक्राउ परेका हुन्।
एनसीबी अवुधावी यूएईको समन्वयमा बस्नेतलाई नेपाल ल्याउने तयारी सुरु भएको छ।
बस्नेतलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउका लागि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस ११ रेड नोटिस जारी भएको थियो।
705
Shares

प्रतिक्रिया