ad ad

समाज


सीमा बन्द भएपछि भैंसी चराउने बहानामा लागु औषध भित्र्याउँदै

सीमा बन्द भएपछि भैंसी चराउने बहानामा लागु औषध भित्र्याउँदै

नेपालखबर
बैशाख ३, २०७७ बुधबार १३:४०,

सशस्त्र प्रहरी टोलीले सप्तरी जिल्लाको बोधेबर्साईन नगरपालिका ९ देउरी स्थित सुवर्णपट्टी ईलाकाबाट ३ बोतल डाईलेक्स र ३ पत्ता नाईट्रोभेट ट्याब्लेटसहित सोही जिल्लाको खड्क नगरपालिका ९ बस्ने १८ वर्षीय मोहमद आडिजलाई पक्राउ गरेको छ।

भारतबाट गाईभैंसी चराउने बहाना गरी नेपाल प्रवेश गर्दै गरेका आडिजलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुवर्णपट्टीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो।

पक्राउ परेका आडिजलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ।

२० किलो सुर्तीसहित २ जना पक्राउ
यता, पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका ५ चमनटोलबाट सशस्त्र प्रहरीको एपीएफ टोलीले करीब २० किलो सुर्तीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही गाउँपालिका ७ विष्णुपुराका २२ वर्षीय मुखतार पठान र २१ वर्षीय शिवराज सुनार छन्।

भारतबाट अवैध रुपले लुकिछिपी नेपाल प्रवेश गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले सुर्तीसहित पक्राउ गरेको हो।

पक्राउ परेकाहरुलाई बरामद सुर्तीसहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .