समाज


राज्यको लगानी र नीतिमा विपद् प्राथमिकतामा नपरेसम्म क्षति न्यूनीकरण प्रभावकारी हुँदैन: महानिरीक्षक अर्याल

राज्यको लगानी र नीतिमा विपद् प्राथमिकतामा नपरेसम्म  क्षति न्यूनीकरण प्रभावकारी हुँदैन: महानिरीक्षक अर्याल

नेपालखबर
साउन १६, २०८२ शुक्रबार १५:५९, काठमाडौँ

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् प्राथमिकताको विषय नपरेसम्म विपद्जन्य क्षति न्यूनीकरण प्रभावकारी बन्न नसक्ने बताएका छन्।

शुक्रबार सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको विपद् सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रममा बोल्दै उनले सरकारले विपद्सम्बन्धी विषयलाई प्राथमिकतामा नराखेसम्म क्षति न्यूनीकरण गर्न नसकिने बताएका हुन्।

उनले संविधानको रक्षा, मौलिक हकको रक्षा र मानव अधिकारको रक्षा गर्न पनि विपद् न्यूनीकरणको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए। महानिरीक्षक अर्यालले नेपालमा वार्षिक रुपमा सबैभन्दा बढी मृत्यु विपद्जन्य घटनाबाट हुने गरेको उल्लेख गर्दै यसलाई गम्भीरताका साथ लिन आग्रह गरे।

विपद् न्यूनीकरणको विषय राज्यको प्राथमिकतामा पर्न नसकेको महानिरीक्षक अर्यालको भनाई थियो। 

विपद् न्यूनीकरणका लागि सबै निकायहरुबीचमा समन्वय गरेर काम गर्न आवश्यक रहेको बताए।

महानिरीक्षक अर्यालले भने, ‘नेपालमा सबैभन्दा बढी वार्षिक रुपमा मृत्यु विपद्बाट भइरहेको छ। मानव सिर्जित र प्रकृति सिर्जित विपद्बाट भइरहेको छ। व्यक्तिको ज्यान गइरहेको बारेमा हाम्रो उच्च प्राथमिकतामा राज्यको नीति छैन। यदी संविधानको रक्षा गर्ने हो, मौलिक हक जोगाउने र मानव अधिकारको रक्षा गर्ने हो भने विपद्मा लगानी र नीति राम्रो बनाउन जोड दिनुपर्छ। सुरक्षा निकायले आफ्नो आफ्नो ठाउँबाट कार्यक्रमहरु गरिरहेको छ। हामीले सक्दो प्रयास हामीले गरेका छौँ। सबैले मिलेर गर्नुपर्छ। २५ जनालाई लाइफ ज्याकेट र केही सामग्रीहरू दिने हो भने प्रहरी नपुगेको बेलामा पनि स्थानीयहरूले नै उद्धार गर्नुहुन्छ। विपद्सँग सम्बन्धित कुराहरु समन्वय गरेर काम गर्नुपर्छ। बजेटको लागि पनि सजिलो हुन्छ।’ 

महानिरीक्षक अर्यालले विपद् सम्बन्धी तालिम पार्टीगत वा अन्य जो कोही आएपनि गराउने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad