समाज


राशिफल १४ साउन : मिथुनलाई झुटा आरोप, वृश्चिकको चिन्ता हट्ने, तपाईँको के?

राशिफल १४ साउन : मिथुनलाई झुटा आरोप, वृश्चिकको चिन्ता हट्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
साउन १४, २०८२ बुधबार ४:३९, काठमाडौँ

आज बुधबार, १४ साउन २०८२ (३० जुलाई २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: स्थान परिवर्तनको योग देखिन्छ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। जोस, जाँगर र हिम्मत बढ्नेछ। साँझमा खुसीका निम्ति केही खर्च हुन सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष: अतिथिका रूपमा सम्मान पाइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। पुँजी बजारको लगानी ठिकै रहनेछ। वाहन लाभ हुने समय छ। व्यापार व्यवसायबाट औसत लाभ हुनेछ। स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मिथुन: समय मध्यम खालको छ। झुटा आरोप लाग्न सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफ्नै कार्यबाट मन सन्तुष्ट नहुन सक्छ। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कर्कट: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह: मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्ला। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। आर्थिक वृद्धि हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या: चलाखीपूर्ण बोलीले जटिल ठानिएको कार्य पनि सम्पादन हुनेछ। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। पुँजी बजार तथा सेयर बजारबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

तुला: मनमा दोधारको अवस्था सिर्जना होला। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ। आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुन सक्छ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृश्चिक: आफन्तसँग रमणीय र सुखद यात्राको योग छ। चिन्ता हटेर मन हलुका हुनेछ। पुरानो समस्या सुल्झिनेछ। आँटेको काम नजिकका व्यक्तिको सहयोगबाट सफल हुनेछ। केही धन खर्च भने हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: समय निकै उत्साहजनक रहनेछ। चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ। आफन्त एवं इष्टमित्रसँग लामो समयपछि भेटघाट होला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको साथ, सल्लाह र सहयोग पाइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर: धर्मकर्म तथा समाजसेवा जस्ता कार्यमा मन जानेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नयाँ पद प्राप्त हुन्छ। मान प्रतिष्ठा बढ्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। वैदेशिक यात्राको योग छ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ: नयाँ ठाउँमा लगानी गर्नु उपलब्धिमूलक हुँदैन। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। व्यक्तिगत खुसीका लागि केही धन खर्च हुनेछ। स्थान परिवर्तनको योग छ। मध्य दिनपछि शुभ समाचार सुन्नमा आउला।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मीन: बोलीवचन, भाषण आदिमा प्रशंसा मिल्नेछ। नयाँ र शुभ कार्यको योजना बन्नेछ। सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ। साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad