समाज


यातायातका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड ५१ लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप

यातायातका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड ५१ लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप

नेपालखबर
असार ३, २०८२ मंगलबार १४:५१, काठमाडौँ

यातायात व्यवस्था कार्यालयका अधिकृत कमलराज गौतममाथि भ्रष्टाचार मुद्दा दायर भएको छ। 

व्यवस्था कार्यालय पर्साका आठौँ तहका अधिकृत गौतमले पदमा बाहल हुँदा २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ ७१ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।  

गौतम उक्त पदमा २०५५ साल वैशाख ७ गतेदेखि ०७९ चैत २४ थतेसम्म रहेको र िो अवधिमा २ करोड ८९ लाख २० हजार २६८ रुपैयाँ १८ पैसा वैध रकम जम्मा गरेको पनि अख्तियारले उल्लेख गरेको छ। 

उनले सार्वजनिक पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको र श्रीमती सरला नेपालको नाममा राखेको पाइएको पनि अख्तियारको दाबी छ।

अख्तियारले नेपाललाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad