समाज


कोरोनाले चीनभन्दा बढी प्रभावित पाँच राष्ट्रको अवस्था यस्तो...

कोरोनाले चीनभन्दा बढी प्रभावित पाँच राष्ट्रको अवस्था यस्तो...

नेपालखबर
चैत २४, २०७६ सोमबार ११:२९,

यस महामारीले विश्वलाई त्रसित बनाएको अवस्था छ। हाल विश्व नै ठप्प छ।

कोरोना संक्रमणको त्राससँगै विश्वभरका हवाई सेवा अवरुद्ध छन्, पर्यटन, उद्योग लगायतका क्षेत्र बन्दहुँदा विश्वले ठूलो आर्थिक मन्दी भोग्ने सम्भावना देखिएको छ।

सोमबारसम्म कोरोनाका कारण ७० हजार ३४४ जनाको मृत्यु भइसकेको छ। १२ लाख ८५ हजार २५७ जना भने कोरोनाका कारण बिरामी परेका छन्। २ लाख ७१ हजार ८४७ भने उपचारपछि घर फर्किसकेका छन्।

कोरोनाको उत्पत्तिस्थल चीनमा हाल ८१ हजार ७०८ जना कोरोना संक्रमित छन्। त्यहाँ ३३ सय ३१ को मृत्यु भइसक्दा ७७ हजार ७८ उपचारपछि स्वस्थ बनेका छन्।

कोरोनाले चीनभन्दा बढी प्रभावित पाँच राष्ट्र

१. अमेरिकाः ३ लाख ३६ हजार ८५१ संक्रमित, ९ हजार ६२० को मृत्यु, १७ हजार ९७७ उपचारपछि स्वस्थ

२. स्पेनः १ लाख ३५ हजार ३२ संक्रमित, १३ हजार ५५ को मृत्यु, ४० हजार ४३७ उपचारपछि स्वस्थ

३. इटलीः १ लाख २८ हजार ९४८ संक्रमित, १५ हजार ८८७ को मृत्यु, २१ हजार ८१५ उपचारपछि स्वस्थ

४. जर्मनीः १ लाख १३२संक्रमित, १५ सय ८४ को मृत्यु, २८ हजार ७०० उपचापछि स्वस्थ

५. फ्रान्सः ९२ हजार ८३९ संक्रमित, ८ हजार ७८ को मृत्यु, १६ हजार १८३ उपचारपछि स्वस्थ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad